७ बर्षिया बालिका बलात्कार गरेको आरोपमा एक भारतीय पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 16 | 03:43 pm 2375

पाल्पा, कार्तिक ३० : पाल्पामा सात बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । बिहिबार साँझ बालिकालाई बलात्कार गरि भाग्दै गरेको अबस्थामा मियालाई प्रहरीले पक्राउ गरेको हो ।

रामपुर नगरपालिका–४ कि बालिकालाई बलात्कार गरेको आरोपमा भारत बेतियारका २२ बर्षका कौशर मिया पक्राउ परेका हुन । बालिकाको आमा घर आएको थाहा पाए पाएलगतै भागेका मियालाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका मियाको जिल्ला प्रहरी कार्यालय पाल्पामा थप अनुसन्धान भैरहेको छ । मियाँ कोठा भाडामा बसेर ज्याला मजदुरी काम गर्दै आएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.