कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

रिपोर्ट नेपाल | 2026 Sep 13 | 09:19 am 69

काठमाडौं, भदौ २८। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुने बैठकमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तथा सम्बन्धित विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै सबै प्रदेश सभापतिको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.