विविध कार्यक्रमका साथ तीनदिन प्रजातन्त्र दिवस मनाइने

| 2019 Feb 18 | 07:35 am 1918

विराटनगर, फागुन ६ : ६९औँ प्रजातन्त्र दिवस प्रदेश नम्बर १ मा तीन दिनसम्म मनाइने भएको छ । विभिन्न कार्यक्रम गरी तीनदिनसम्म मनाउन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय प्रदेश समारोह समिति गठन गरिएको छ ।

गठन गरिएका समितिले तीन दिन विभिन्न सरकारी कार्यालय, औद्योगिक प्रतिष्ठान, शैक्षिक प्रतिष्ठान र निजी क्षेत्रका प्रतिष्ठानमा दीपावली, प्रभातफेरी, सरसफाइ गर्ने र बाल सुधारगृह तथा कोशी अञ्चल अस्पतालमा फलफूल वितरण गर्ने निर्णय गरेको छ भने नेपाल पत्रकार महासंघ प्रदेश समितिले विभिन्न सञ्चारमाध्यममा प्रजातन्त्र र लोकतन्त्रका विषयमा संवाद एवं अन्तरकृया कार्यक्रम सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

साथै आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रजातन्त्र दिवस मनाउन प्राप्त साधन र स्रोतको उच्चतम प्रयोग गरिने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.