पोर्न साइटमा नेपाली अभिनेत्री

रिपोर्ट नेपाल | 2018 Aug 08 | 12:12 pm 4350

काठमाडौं, साउन २२: विभिन्न चलचित्रमा अभिनेता, अभिनेत्रीले दिएको ग्लामर दृश्यहरुलाई यौनजन्य (पोर्न) साइटमा राख्दा सम्बन्धित कलाकारहरु पीडित भएका छन्। हलिउडदेखि बलिउडसम्मका चलचित्रका बेडसिन तथा रोमान्स सिनहरु राखिँदै आएको थियो। बलिउड, हलिउका अभिनेता अभिनेत्रीले सिनेमामा दिएको धेरैजसो बेडसिनसहितको यौनजन्य भिडियोलाई पोर्न साइटहरुले राख्दै आएका थिए। तर केही वर्षदेखि नेपाली अभिनेता, अभिनेत्रीका यस्ता भिडियोलाई पनि पोर्न साइटहरुले तानेर राख्दै छ्याप्छ्याप्ती पार्दै आएका छन् ।

यस्तै पोर्न साइटको लिस्टमा यतिबेला चलचित्र ‘कथा काठमाडौं’को एउटा गीतको केही दृश्य छाएको छ। यो चलचित्रको रातको कुरा…गीतको भिडियोको अन्तिम एक मिनेटको दृश्य काटेर ‘नेपाली एक्ट्रेस न्यु पोर्न भिडियो’ भन्दै पोर्न हबसहित विभिन्न पोर्न साइटले अहिले हालेका छन्। नेपाली चलचित्रका लागि खिचिएको भिडियोलाई यस्ता पोर्न साइटले राख्दा सम्बन्धित कलाकारदेखि निर्माण पक्षसमेत पीडित बन्नुपरेको छ।

यो गीतको सम्बन्धित भिडियोमा प्रमोद अग्रहरी र अभिनेत्री प्रियंका कार्कीको केही उत्तेजक दृश्य रहेको थियो। त्यो दृश्यलाई पोर्न साइटमा राखिएको बारे अभिनेत्री प्रियंकाले भनिन्, ‘चलचित्रको कथाअनुसार मैले चलचित्रको लागि दिएको यो दृश्य विशुद्ध निर्माण पक्षको सम्पत्ति हो। सिनेमाको यो दृश्यलाई कुन साइटले कसरी राख्यो भन्ने विषयमा मेरो कुनै प्रतिक्रिया छैन।’

अभिनेत्री प्रियंका मात्र हैन, अन्य नेपाली अभिनेत्री पनि पोर्न साइटबाट पीडित बन्नुपरेको छ। तर केही अभिनेत्रीले प्रचारकै लागि आफ्नो यौनजन्य भिडियो पोर्न साइटमा अपलोड गराएका पनि छन्।

पोर्न साइटबाट पीडित अभिनेत्रीमा नम्रता श्रेष्ठ पनि पर्छिन्। कुनै एक समय भुलवश बाहिरिएको नम्रताको एउटा यौनजन्य भिडियोलाई विश्वका चर्चित पोर्न साइटहरुले नेपाली एक्ट्रेसको पोर्न भिडियोको सूचीमा राखेका छन् । त्यो भिडियो भुलवश बाहिरिएपछि पोर्न साइटहरुले राखेका हुन्। जसलाई अभिनेत्री नम्रता श्रेष्ठले हटाउन सकेकी छैनन्।

यौनजन्य भिडियो बाहिरिएकै कारण अभिनेत्री ज्योती (जेसिका) खड्काले आत्महत्या गरिन्। त्यो यौन प्रकरणमा हास्य कलाकार प्रकाश ओझाले जेल जीवन बिताइसकेका छन्। त्यो भिडियो पनि अझै विभिन्न पोर्न साइटहरुमा छन्। यो भिडियो जेसिकाले आत्महत्या गर्नुअघि नै राखिएको थियो। जेसिकाको निधनपछि त्यो भिडियो हटाउन कतैबाट पहल पनि नभएको खबर राजधानी दैनिकमा छ।

तर केही कलाकारले आफ्नो पोर्न भिडियो बनाएर प्रचार प्रचारको लागि पोर्न साइटमा राखेका छन्। दुईवटा नेपाली चलचित्रमा अभिनय गरिसकेकी अर्चना पनेरु पनि पोर्न साइटमा छाएकी छन्। तर पोर्न साइटबाट अरू अभिनेत्री जस्तो अर्चना पीडित हैनन्। अर्चनाको एउटा मात्र पोर्न भिडियो छैन। यी अभिनेत्रीले आधा दर्जनभन्दा बढी यौनजन्य भिडियो बनाएर पोर्न साइटमार्फत पस्किएकी छन्। अरू अभिनेत्रीहरु पोर्न साइटमा भिडियो आएका कारण पीडित भएका छन्। तर अर्चना आफैंले पोर्न साइटहरुमा आफ्नो भिडियो पठाएर चर्चा कमाएकी छन् ।

एउटा चलचित्र र केही म्युजिक भिडियोमा मोडलिङ गरेकी तिर्सना बुढाथोकी आफैंले यौनजन्य भिडियो सार्वजनिक गरिन्। यसरी उनले सार्वजनिक गरेका आधा दर्जनभन्दा बढी यौनजन्य भिडियो विभिन्न पोर्न साइटमा नेपालीहरुले बढी हेर्ने पोर्न भिडियोको लिस्टमा परेको छ।

त्यसैले, केही नेपाली अभिनेत्रीहरु पोर्न साइटका सिकार भएका छन् । अर्चना, तिर्सना जस्ता केही अभिनेत्रीले चर्चा कमाउनकै लागि आफ्नो यौन भिडियो बनाएर पोर्न साइटमा राखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.