जालझेल र षडयन्त्र गरेर सरकारलाई कमजोर बनाउन खाेज्दैछन् : उपप्रधानमन्त्री पोखरेल

रिपोर्ट नेपाल | 2018 Dec 11 | 05:33 pm 1705

रुकुम पूर्व, मंसिर २५ : उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले विभिन्न जालझेल र षडयन्त्र गरेर सरकारलाई कमजोर बनाउन खाेजेकाे बताएका छन् । सिस्ने गाउँपालिका–५ स्थित रुकुमकोटमा आयोजित प्रथम रुकुम पूर्व पर्यटन तथा सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री पोखरेलले साे कुरा बताएका हुन् ।

उनले दुई तिहाई जनताको मत र विश्वास पाएकाे सरकारलार्इ  विभिन्न तानाबाना बुन्ने समूहले कम्जाेर बनाउन खाेजेकाे बताए । उनले भने, ‘यो सरकार दुई तिहाई मत र विश्वासका साथ गठन भएको सरकार हो, देशको समृद्धि र विकास नचाहनेहरुले षडयन्त्र र जालझेल बुन्दैछन् ।’

उनले  जनताको विश्वासले बनेको दुई तिहाई सरकारले कसैको जालझेल र षडयन्त्रले सरकारलाई केही फरक नपर्ने बताए ।  उपप्रधानमन्त्री पोखरेल सरकारले आर्थिक विकास र समृद्धिका नीति योजना अघि बढाइसकेकाले देश विकासले गति लिन ढिला नहुने जिकिर समेत गरे ।

निर्वाचनताका गरिएका अधिकांश कुराहरु कार्यान्वनतर्फ अघि बढिरहेको भन्दै उनले हरेक जेष्ठ नागरिकलाई मासिक ५ हजार भत्ता दिन सरकारले आवश्यक गृहकार्य गरिरहेको बताए । उनले भने, ‘जेष्ठ नागरिकलाई मासिक ५ हजार भत्ता यही सरकारले नै दिन सुरु गर्नेछ, आगामी वर्षको बजेट निर्माण गर्दा यो कार्यक्रम प्राथमिकताका साथ अघि बढाइने छ ।’

फरक प्रसंगमा कुरा गर्दै मन्त्री पोखरेलले देश बनाउनकै लागि भनेर २ कम्युनिष्ट पार्टी एक भएको बताए । देश विकासको संकल्प सहित दुई कम्युनिष्ट एक भएकाले कम्युनिष्ट पार्टीबाट जनताले गरेको आश सजिलै पूरा हुने दाबी उनको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.