काठमाडौँ, मंसिर २४ – क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा अन्तिम सुनुवाइका लागि न्यायाधीश पदमराज पाण्डेको इजलासमा परेको छ । लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पाण्डेको इजलासमा आइतबार सुनुवाइका लागि पेसी तोकिएको हो ।
गत कात्तिक २३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट माग गरेको थियो । दुवै पक्षबाट बहस नोट पेश भईसकेपछि अब बहस नोटमा जिकिर लिएका विषयहरुलाई प्रष्ट पार्न अन्तिम सुनुवाइ गर्नेछन् । त्यसपछि न्यायाधीशले आफ्नो फैसला सुनाउने अथवा निर्णय सुनाउन फेरी अर्को पेसी तोक्न सक्छन् यदी आइतबार निर्णय सुनाउने आदेश भएमा पछि पनि आज पेसी परेका न्यायाधीशले नै फैसला गर्नुपर्नेछ ।
