काठमाडौं आउँदै गरेकाे ग्यास बुलेट पल्टिदा दुर्इ जनाकाे मृत्यु

| 2018 Nov 11 | 01:24 pm 2687

धादिङ, कात्तिक २५ : काठमाडौं आउँदै गरेको ग्यास बुलेट धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ बिशालटारमा  पल्टेकाे  छ । काठमाडौँ आउँदै गरेको up75 AT5208 नम्बरको ग्यास बुलेट  पल्टिदा आगलागी समेत भएको छ।

धादिङ प्रहरीको अनुसार आगलागीमा दुर्इ  जनाको मृत्यु भएको छ । ग्यास बुलेटको ठक्करबाट पैदलयात्री गीता नेपाली र सुनिता नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । गीताको घटनास्थलमै र सुनिताको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले राजमार्गसमेत अवरुद्ध भएको छ । घटनास्थलमा स्थानीय, सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् । घटनाको बाँकी विवरण आउन बाँकी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.