कविता
शहरको एउटा कुनामा उनी छिन्
अर्को कुनामा म छुँ
धेरै भैसक्यो
एकले अर्कालाई
सन्चो बिसन्चो नसोधेको
पहिले पहिले
आज झगडा परे
भोली बोल्न आउथिन्
यसपाली त दुश्मनै सम्झिनकी कसो
बेपत्ता भएकी छिन् मेरा लागी
टाढा हुन भनौ भने
फराकीलोे छैन शहरको भूगोल
नजिकैै छिन भनौ भने
भेट्टिएकी छैनन् छुट्टिएदेखि
गएछुँ भने कहिलेकाही
हेरिरहन्छुँ उनि बस्ने शहरको छेउ कुनामा
देख्छौ की भनेर
सोधीरहन्छुँ नजिकका आफ्नाहरुलाई
उनै पो हुनकी भनेर
नजर डुलाउछुँ हिँडिरहेको बाटोहरुमा
जसो गरे पनि
मनै नभएपछी त
मुस्किल पर्दो रहेछ
हराएजस्तो गरेकालाई भेट्न
भिडमै हराउँछन् भिडमा देखिएकीहरु
सधै रित्तो लाग्छ शहरको छेउकुना
सोधेकाहरुले थाह छैन भन्छन हालखबर
कहिल्यै नबोलुलाझै गरी
कति रिसाएकी हुन कुन्नी
अब बोले पनि नबोले पनि
म त
चुपचाप बिलिन छुँ आफ्नै चर्यामा
प्रयत्न गर्दैछुँ जीवन बिताउने धर्काहरु कोर्न
कसैसँग बोल्दा पनि
पहिल्यै जोख्ने गर्छु शब्दहरुको ओजन
उनी रिसाए देखी
साह्रै सुध्रिएको छुँ अचेल।