अवैध लागूऔषध ब्राउन सुगर सहित चार जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 30 | 02:16 pm 2384

झापा, पुस १५ :  झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिकाको विभिन्न ठाउँबाट प्रहरीले अवैध लागूऔषध ब्राउन सुगर २ सय ३३ ग्राम र डिजिटल तराजु १ थान सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिर्तामोड नगरपालिका–५ स्थित सडकबाट जाँचको क्रममा मे १० प ६३० नम्बरको मोटरसाइकल चालक पाँचथर फिदिम नगरपालिका–७ का ३६ वर्षीय संग्रामसिंह आङ्दम्बे लिम्बुको साथबाट अवैध लागूऔषध ब्राउन सुगर ३१ ग्राम सहित पक्राउ गरेको छ ।

उनले दिएको सूचनाको आधारमा झापा अर्जुनधारा नगरपालिका–१० चुथाई बस्ने ताप्लेजुङ थुम्बेदिन गाउँपालिका–३ का ४२ वर्षीय भीमबहादुर अधिकारी, उनकै श्रीमती ३६ वर्षीया ओममाया खतिवडा अधिकारी र साली नाता पर्ने झापा कचनकवल गाउँपालिका–२ बस्ने ३६ वर्षीया रेवतीमाया डाँगीको कोठाबाट तलासीगर्दा अवैध लागूऔषध ब्राउन सुगर २ सय २ ग्राम सहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय अनारमनी झापा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको सयुक्त प्रहरी टोलीले उनीहरूलाई उक्त परिमाणको ब्राउन सुगर सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.