अन्तर गरीब बस्ती महिला बालबालिका फुटबल हुने

रिपोर्ट नेपाल | 2018 Oct 26 | 02:17 pm 1850

काठमाडौं,कात्तिक ९ –जाग्रिती नगर बस्ती र गैरी गाँउ बस्तीबीच भएको मैत्रिपुर्ण महिला फुटबल प्रतियोगितामा गैरी गाँउ स्लामले जित हात पारेको छ । गैरी गाँउले जाग्रितीलाई ३–० ले पराजित गरेको हो ।

गरिब बस्ती बालबालिकाको खेल्ने इच्छा पुरा गर्ने उद्देश्यले यहि कार्तिक १९ र २० गते आयोजना हुने प्रतियोगितालाई लक्षित गर्दै मैत्रिपुणै खेल आयोजना गरेको आयोजक नव सृजना युवा समाजका अध्यक्ष विशाल राईले जानकारी दिए ।

विगत सात बर्ष देखि जाग्रिती नगर स्लाम वरिपरि रहेका गरिब बस्तीका बालबालिकाको शिक्षा, स्वास्थ्य र खेलकुदकाका लागि काम गर्दै आएको नव सृजना युवा समाजले दुई दिने महिला फुटबल प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागेको हो ।

यसअधि समाजले बालबालिका र पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको थियो । दुई दिने प्रतियोगितामा काठमाडौं भित्रका विभिन्न ६ देखि ८ स्लाम क्षेत्रका महिला बलबालिका टिमको सहभागिता हुने आयोजकले जानकरी दिए ।

विजेता टोली, बेस्ट खेलाडी र शिर्ष स्कोरकर्तालाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उक्त प्रतियोगिताको कुल अनुमानित लागत ४८ हजार रहेको समाजका अध्यक्ष राईले जानकारी दिए ।

बलबालिबालाई मानसिक र शारिरिक रुपमा तन्दुरुस्त राख्न पहिलो पटक महिला फुटबल प्रतियोगिता आयोजना गरेको समाजकी कोओर्डिनेटर अपेक्षा पराजुलीले जानकरी दिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.