स्काईभेटर दुर्घटना हुँदा एकको मृत्यु

| 2019 Mar 24 | 01:19 pm 2355

संखुवासभा, चैत्र १० : जिल्लाको सभापोखरी गाँउपालिका–४ खेवरिङमा आज (आइतबार) बिहान बाटो खन्ने क्रममा  स्काईभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक जुगल गाँउपालिका–१ का २० वर्षीय पतरुस श्रेष्ठ रहेको प्रहरीले जानकारी दिए ।

सडक खन्दै गर्दा माथिबाट खसेको ढुंगाले स्काइभेटरलाई उछिट्याउँदा स्काईभेटर करिब ३० मिटर तल खसेको प्रहरीले बताए । स्काईभेटर रुखमा अड्किएको र चालक भने ५० मिटर तल खसेर मृत्यु भएको प्रहरीले जानकारी दिए । यस घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.