काठमाडौं, साउन २६: लोक गायक राजेन्द्र विष्टले यस वर्षको तीजलार्इ लक्षित गर्दै ‘नाचिन्छ’ बोलको तीज गित बजारमा ल्याएका छन्। राजेन्द्रलार्इ कल्पना बिसीले स्वरमा साथ दिएकी छन्।
लोकु सिंह ठकुरीको शब्द रहेको यस गितमा गायक राजेन्द्रले संगित भरेका छन् भने पदम सुवेदीले सम्पादन गरेका छन्।
गितको म्युजिक भिडियोमा अन्जली अधिकारी, टिका जैशी, पउल विष्ट श्रवण र आर्य क्षेत्रीको अभिनय गरेका छन्। जसलार्इ बिक्रम चौहानले निर्देशन गरेका हुन्।
प्रकाश खड्काले छायाकंन गरेको गितलार्इ केशव बडुले एरेन्ज गरेका हुन्। मारुनी डिजिटल स्टुडियो र मेगा पार्टी प्यालेसमा छायाकंन गरिएको हो।