मेरा बा र म – कविता

रिपोर्ट नेपाल | 2023 Jun 06 | 01:41 pm 1581

ताते ताते गराई हिड्न सिकायौ रे तिमिले
आमा, बाबा भनेर बोल्न सिकायौ रे तिमिले
छातिमा टासेर ममताको अर्थ बतायौ रे तिमिले
त्यसैले मेरो पहिलो विश्वविद्यालय नै तिमि हौ
तर
कसरी निमोठ्यौ फूल्नै लागेको फूल
किन फुलायौ त्यस्तो नचाहिने फूल

कखरा सिकाउदा तिम्रो खुशीको सिमाना थिएन रे
टुकु टुकु झोला बोकी हिडेर स्कुल जाँदा र आउदा
परै बाट दौडिएर झोला फालि तिम्रो काखमा हाम फाल्दा
जीवनको स्वर्गीय क्षण सम्झिएर हर्षका आँसु बहदा
कहिलै नमेटिने क्षण बनेथ्यो रे
अनि
आफ्ना रहरलाई थाति राखेर, हरेक रातमा सपना बुनेर
मेरा निम्ति अहोरात्र अनिदो बस्यौ मलाई हेरेर
सायद
तिमिले देखेका सपना मैले पूरा गर्न सकिन
मेरो सपनामा तिम्रो खुशि किन अट्न सकेन
र आज
म त हिलोमा फालेको फुल भएछु
नजानिदो तरिकाले फक्रिएर
सबैको प्यारो कमल भएछु ।
तिम्रो मनसपटलबाट म हराए
तर हराएरै म अब्बल भएछु

तिमी रूख हौ
म त्यहि रूखको हाँगामा बस्ने सानो चरा
मलाई स्वतन्त्र छाडिदेउ खुला आकासमा
म उडन सिक्ने छु, पुरै संसार फन्को लगाउन
तिमी धर्तिमा समाहित भएर बस मेरा लागि
उडेर मेरा सपना पूरा गर्न देउ मलाई
जब मैले मेरा सपना पूरा गर्नेछु
तिमि मुसुक्क मुस्कुराउ
मलाई तिम्रो मुस्कान भए पुग्छ
तिम्रो मुस्कानले मलाई यति उर्जा दिन्छ
सायद
त्यति उर्जा संसारमा कसैले दिन सक्दैन
त्यसैले
तिमी बिना मेरो जीवन अपुरो छ
तिम्रो प्यारको भोकले सधै पिरोलि रहन्छ
आईदेउ मेरो समिपमा एक पटक
भगवान सम्झेर ढोग्नु छ पटक पटक
मेरो प्यारो बाबा

©Rahul

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.