गुलरिया, मंसिर ६ : बर्दियाको गुलरियाबाट पश्चिम राजापपुर तर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएकाे छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने २४ जना भन्दा बढी यात्रु घाइते भएका छन् ।

ना ३ ख ८५५० नम्बरको सो यात्रुवाहक बस दुर्घटनामा परेकाे हाे । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बर्दिया ल्याईदै छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।