बन्धक बनाई राखेको अवस्थामा एकको उद्दार, ३ जना पक्राउ

| 2019 Jan 16 | 01:26 pm 1842

कैलाली, माघ २ : कुटपिट गरी बन्धक बनाई राखेको अवस्थामा कैलाली गोदावरी नगरपालिका–६ तेघरी घर भई धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित होटल जलसामा हेल्परको काम गर्ने १७ वर्षीय बशन्त भाटलाई प्रहरीले उद्दार गरेको छ ।

उनलाई बन्धक बनाउने कार्यमा संलग्न रहेका डोटी पूर्वी गाउँपालिका–२ फुलौटका २१ वर्षीय चक्र खड्का, कैलाली धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीका १९ वर्षीय कुन्दन जोशी र कैलाली धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीका १९ वर्षीय हर्केश बागलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा काम गर्ने चक्र खड्का समेत ६ का जनाले कुटपिट गरी जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरी लगेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा बशन्त भाटलाई बन्धक बनाई राखि कुटपिट गरेको अवस्थामा फेला पारेको हो ।

साथै प्रहरीले उनीहरुको साथबाट से.७ प ३४४५ नम्बरको मोटरसाइकल र ३ थान मोबाइल समेत बरामद गरेको छ । घटनाम संलग्न अन्य फरार अभियुक्तको खोजी गर्नुका साथै यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.