बंगलादेशमा डुङ्गामा आगलागी हुँदा ३२ को मृत्यु सय भन्दा बढी घाइते

| 2021 Dec 24 | 12:31 pm 1565

ढाका, पुस ९: दक्षिणी बंगलादेशमा फेरीमा आगलागि हुँदा कम्तीमा ३२ को मृत्यु भएको छ। दक्षिणी बंगलादेशस्थित झलोकाथी शहरनजिकै सवारीसाधन ओसारपससार गर्ने जहाज (फेरी)मा शुक्रबार बिहान आगलागि हुँदा कम्तीमा ३२ को मृत्यु भएको हो।

जहाजमा करिब ५ सय यात्रु सवार रहेको बताइएको छ। तीन तले सो यात्रु सवार जहाज नदिको मध्य भागमा पुगेपछि आगलागि भएको हो। घटनापछि हालसम्म ३२ वटा लाश मात्र फेला परेको र करिब १ सय मानिसलाई उपचारको लागि अस्पताल पुर्‍याइएको स्थानीय प्रहरीले जनाएको छ। अन्य यात्रुहरुको उद्धार कार्य जारी रहेकोसमेत प्रहरीको भनाई छ।  प्रहरीले आगलागि कसरी भयो भन्नेबारे अनुसन्धान थालिएको बताएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.