फिलिपिन्सको भिषण आँधिले लियो १४ जनाको ज्यान

रिपोर्ट नेपाल | 2018 Sep 16 | 07:33 am 2175

फिलिपिन्‍स भदौ ३१: फिलिपिन्समा आएको आँधीमा परी १४ जनाको ज्यान गएको छ। फिलिपिन्सको उत्तरी क्षेत्रमा म्यांगकुट नामक आँधीले धेरै क्षति पुर्‍याएको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

आँधीले धेरै घरमा नोक्सानी पुर्‍याएको छ भने ४२ ठाउँमा पहिरो गएको छ । आँधी पछि आएको बाढी पहिरोका कारण ५० लाख भन्दा धेरै मानिस विस्थापित भएका छन् । हजारौँ जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।

विश्व मौसम विज्ञान संगठन डब्लूएमओले यो आँधीलाई यो वर्षकै सबैभन्दा शक्तिशालि भनेको छ । आँधी विस्तारै चीनतर्फ प्रवेश गर्न थालेको पनि खबरमा उल्लेख छ ।

यस्तै अमेरिकाको क्यारोलिनामा आएको आँधीका कारण ११ जनाको ज्यान गएको पुष्टि भएको छ । झण्डै १० लाख घरमा विजुलीको आपूर्ति बन्द भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.