प्रियंकाको ११ वर्ष कान्छा निकसँग मुम्बईमा इन्गेजमेन्ट

रिपोर्ट नेपाल | 2018 Aug 19 | 11:14 am 2205

मुम्बई, भदौ ३: अन्ततः बलिउड अभिनेती प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले आफ्नो प्रेम सम्बन्धलाई औपचारिक रुपमा सार्वजनिक गरेका छन्।

मुम्बईस्थित प्रियंकाको घरमा शनिबार पञ्जाबी संस्कृति र परम्पराअनुसार रोका समारोह (एक विशेष पूजा) भएको थियो। समारोहपछि प्रियंका र निक दुबैले इन्स्टाग्राममा तस्बिर सार्वजनिक गर्दै प्रेम सम्बन्धलाई औपचारिक रुपमा स्वीकारेका हुन्।

हुनेवाला ११ वर्ष कान्छा पति निकलाई सम्बोधन गर्दै प्रियंकाले ‘आफ्नो सम्पूर्ण मन मुटुले तिमीलाई अपनाए’ भनेर लेखेकी छिन् भने निकले ‘भविष्यकी मिसेज जोनस, मेरो प्रिय’ भनेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार दुबैले आजै परिवारका सदस्यको उपस्थितीमा इन्जेमेन्ट समेत गरेका छन्। दुबैको इन्गेजमेन्टका लागि निककी आमा डेनिस र पिता पाल केविन मुम्बई आएका छन्। उनीहरु भारतीय परम्परागत पोशाकमा देखिएका छन्। औपचारिक रुपमा प्रेम सम्बन्ध सार्वजनिक भएपछि बलिउडकर्मीले प्रियंका र निकलाई बधाई दिइरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.