पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो

रिपोर्ट नेपाल | 2024 Feb 01 | 08:20 am 845

काठमाडौँ, माघ १८। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो।

आज बसेको निगम सञ्चालक समितिको निर्णय अनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर चार, डिजेल–मट्टितेलमा दुई र एलपी ग्यासमा १५ बढाइएको छ। इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।

अब काठमाडौँमा प्रतिलिटर पेट्रोलको मूल्य १७०, डिजेल, मट्टितेलको मूल्य १५८ र खाना पकाउने एलपी ग्यासको मूल्य एक हजार ९१० कायम भएको छ।

(नागरिकबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.