काठमाडौं, पुस २६ : काठमाडौं महानगरपालिका–१३ टंकेश्चरबाट काठमाडौं ताहाचल घर भएका ३२ वर्षीय राम डंगोललाई प्रतिबन्धित लागूऔषध डाईजेल्याव ९ एम्पुल, नुरफिन ९ एम्पुल र फेनारगन ९ एम्पुल सहित प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।