गुल्मी, भदौ १७: मानव बेचविखनविरुद्ध गाउँगाउँका महिलाहरु चेतनशील बन्न थालेका छन्। संस्थागत रुपमा संगठित महिलाका संस्थाहरुले गाउँवस्तीमा पुगेर चेतना जगाउने काम गरिरहेका छन्।
१२ औं राष्ट्रिय मानव बेचविखन दिवसको अवसरमा धुर्कोट गाउँपालिका, पिपलधारामा महिलाहरुलार्इ मनोरञ्जन दिने र सचेतना बढाउने उद्देश्यले तिज गित प्रतियोगिता आयोजना गरिएको हो।
उक्त प्रतियोगिताको अवसरमा उपस्थित स्थानीय जनप्रतिनिधि तथा बुद्धिजीविहरुले गितसंगितले मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक सन्देश दिने उल्लेख गरेका थिए। उनीहरुले मानव बेचबिखन एक जघन्य अपराध भएकोले यसलार्इ निरुत्साहित गर्न महिलाहरुको विशेष महत्व र उनीहरुलार्इ सचेतना आवश्यक रहेको औंल्याए।

त्यस्तै वडाध्यक्ष नविन जिसीले यहाँका दिदीबहिनीको नाच हेर्दा कुनै राष्ट्रिय कलाकारको भन्दा कम नभएको बताए। उनले भने, ‘अवसर पाएभने गाउँका कलाकार पनि सहजै राष्ट्रिय कलाकारसँग पनि प्रतिस्पर्धा गर्न सक्षम छन्।’
भिडियो