देश दर्शनमा आफूले बोध गरेजस्तो प्रजातन्त्रको अनुभुति आम नेपालीमा छैनः पूर्व राजा ज्ञानेन्द्र

| 2019 Feb 18 | 08:28 pm 2118

काठमाडौं, फागुन ६ : पूर्वराज ज्ञानेन्द्र शाहले शक्ति पृथकीकरणको सिद्धान्तबाट राज्य व्यवस्था च्युत हुन नहुने बताएका छन् । उक्त कुरा ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा  आज सोमबार शुभकामना मन्तव्य दिने  क्रममा  बताएका हुन् ।

सन्देश दिँदै पूर्वराजा शाहले दण्डहिनता एवं विधिबिहीनताले विकराल स्थितिको सृजना हुन नपाउने गरी प्रजातन्त्र सोँझासाझा सबै नेपालीको पहुँचमा हुनुपर्दछ भन्‍ने आफ्नो मान्यता रहेको बताएका छन्।

त्यसै गरी आफ्नो सनातनिक धर्म, संस्कृति र आफ्नो मौलिक आदर्श एवं मान्यताप्रति धर्मान्तरणको प्रकृयाबाट आक्रान्त भएको कहालीलाग्दो दुःखद् अवस्था देखा परेको बताए ।

उनले नेपालको भू–राजनीतिक अवस्थालाई दृष्टिगत गर्दै परराष्ट्र तथा मैत्री सम्बन्धलाई सुमधुर, शालीन र सौम्य कूटनीतिक व्यवस्थाद्वारा आधारभुत विश्वसनीयता स्वस्थरुपमा अघि बढाउन सक्नुपर्ने पनि बताए ।

प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहले भनेका छन् आज हामी हाम्रा जिजुबुवा राष्ट्रपिता श्री ५ त्रिभूवनसहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सवैको स्मरण गर्न चाहन्छौं ।

उनले भने हामी र हाम्रा पूर्खाहरूको पुर्खेउली आदर्श प्रजातन्त्र हो । सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरुप लिन सक्दैन’, जनताको हित, सुरक्षा र विकासको मूलभुत साधन प्रजातन्त्र नै हो । देश दर्शनको क्रममा हामीले बोध गरे अनुरुप प्रजातन्त्रको त्यस्तो अनूभुति आम नेपालीमा छैन ।

आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता लामो समयसम्म रहिरहनू गम्भिर चिन्ताको विषय बनेको छ ।

पूर्वराजा शाहले शुभकामना सन्देशमा भने यसरी राष्ट्रप्रतिको निष्ठामा आएको ह्रास, प्रत्येक युवामा देश छाड्ने आतुरता र नागरिकको मनमा उत्पन्न हिनताबोधले, राष्ट्र दिन प्रतिदिन कमजोर बनिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.