दुर्इ वर्षअघि रिलमा आजर्नको मायामा हराएकी केकी अहिले रियलमा

रिपोर्ट नेपाल | 2018 Jun 22 | 11:37 am 4522

काठमाडौं: व्यक्तिगत सम्बन्धबारे सधैं जोगिने केकी अधिकारी अहिले भने पक्रिएकी छिन् । दुई वर्षअघि पप गायक आर्जन पाण्डेयको ‘तिम्रो मायामा हराएँ म’मा अभिनय गरेकी केकी अधिकारी अहिले रियल लाइफको मायामा हराइरहेकी छिन् ।

आर्जनका अधिकांश म्युजिक भिडियोमा केकीले अभिनय गरेकी छन् । ‘ओइलिएर झर्न दिन्नँ’ र ‘तिम्रो मायामा हराएँ’मा त उनीहरु दुवैको अभिनय छ ।

केकीको फिल्म ‘कोहलपुर एक्सप्रेस’को प्रमोसनको समयमा पनि आर्जन उनीसँगै भेटिन्थे तर कसैले उनीहरुको सम्बन्धमाथि शंका गरेका थिएनन् । प्रेम न हो, कति समय लुक्छ र !

व्यवसायिक सहकार्यबाट सुरु भएको दुवैको सम्बन्ध गहिरो प्रेममा परिणत भएको र अहिले दुवै निरन्तर डेटिङमा जाने गरेको खुलासा भएको छ ।

दुवैको सम्बन्धबारे फिल्मीवृत्तमा चर्चा गर्माए पनि केकी अझै अस्वीकार गर्दै गसिप मात्र भएको तर्क गरिरहेकी छन् ।

म्युजिकल्लीमा आर्जनले केकीलाई गीतको शब्दसँगै ‘आदि होइन पूरै दिइसकेँ, तिम्रो पीर मनैमा लिइसकेँ’ भन्दा केकीको मुहारको गज्जबको चमक देखिन्छ ।

दुवैको प्रेमको चर्चाले बजार तताउँदा केकी र आर्जन मौन हुनुले उनीहरुकै योजनामा खबर बाहिरिएकोझैँ देखिन्छ । आर्जनको ‘रेलिमाई’ गीतको लिंकसँगै केकी–आर्जन अफेयरको खबर हालसालै एकजना संगीतकर्मीले थुप्रै पत्रकारलाई जिमेलमार्फत् पठाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.