तराईमा हुस्सु, पहाडमा वर्षा र हिमपातको सम्भावना

| 2024 Feb 03 | 09:00 am 941

काठमाडौँ, माघ २०। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागको मौसम सफा रहेको छ । तराई–मधेश क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राति सुदूरपश्चिम प्रदेश, र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेशका केही स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.