टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

रिपोर्ट नेपाल | 2018 Dec 07 | 03:22 pm 2580

मकवानपुर, मंसिर २१ :  पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

ना ७ ख ५८५२ नम्बरको टिपरले ना ३३ प १८०१ नम्बरको मोटरसाइकलला ठक्कर दिँदा मोटरसाइकल चालक वीरगंजका कृष्णप्रसाद कट्टेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको विस्तृत विवरणका लागि प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.