चोरीको मुद्दामा फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 26 | 09:25 pm 1687

बारा, पुस ११ :चोरी मुद्दामा फरार रहेका एक जना अभियुक्तलाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–८ का जयनरायण चौधरी रहेका छन् ।

चोरीको अभियोग लगेका चौधरीलाई बारा जिल्ला अदालत कलैयाले २०७३ जेठ १२ गते १ महिना १५ दिन कैद र नगद १९ हजार ८ सय जरिवानाको फैसला गरेको थियो । फैसला पश्चात् चौधरी फरार रहेका थिए ।

ईलाका प्रहरी कार्यालय सिमरा,बाराबाट खटिएको प्रहरी टोलीले आज बुधबार उनलाई लुकी छिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको छ ।

पक्राउ परेका चौधरीलाई जिल्ला अदालतको आदेश बमोजिम तोकिएको कैद भुक्तानको लागी कारागार कार्यालय बिरगंज पठाईएको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.