काठमाडौं, मंसिर १६ : चितवनको भरतपुर बेस बनाएर गुण्डागर्दी गर्दै आएका इन्द्रकमल बुढाथोकीका सहयोगी प्रकाश पुनः पक्राउ परेका छन् ।
शुक्रवार राती ग्याङ फाईट हुन थालेको सुचना आएपछी दरबारमार्ग स्थित कासा रेष्टुरेण्टबाट पुनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत दरबारमार्गका डिएसपी दान बहादुर मल्लले जानकारी दिएका छन् ।
रुकुमको टक्सेरा स्थायी घर भएका प्रकाश पुनः लामो समयदेखी चितवनको भरतपुरलाई बेस बनाएर गुण्डागर्दीमा संलग्न रहेको प्रहरीले जनाएको छ। प्रकाश पुनः लाई प्रहरी हिरासतबाट छुटाउन गुण्डा नाईके इन्द्रकमल बुढाथोकी लागीपरेको बताईएको छ।
धारिलो हतियार (छुरी) सहित पक्राउ परेका प्रकाशबारे प्रारम्भिक अनुसन्धान भईरहेको बताईएको छ। ‘आईतबार सार्वजनिक अपराध मुद्धामा म्याद लिएर थप अनुसन्धान गर्छौं’ डिएसपी मल्लले भने, ‘उनी संलग्न भएको विगतका घट्ना समेत केलाएर अनुसन्धान गर्छौं ।’