कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

रिपोर्ट नेपाल | 2024 Feb 22 | 09:00 am 1457

काठमाडौँ, फागुन १०। कोरिया पठाइदिन्छु भन्दै ९ लाख रूपैयाँ ठगी गरेको अभियोगमा गोरखा, गोरखा नगरपालिका-१४ घर भई काठमाडौं सामाखुशी बस्ने ३५ वर्षीय बाबुराम थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

थापाले ३ जनालाई वैदेशिक रोजगारीका लागि कोरिया पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक २ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.