धादिङ, कात्तिक २५ : काठमाडौं आउँदै गरेको ग्यास बुलेट धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ बिशालटारमा पल्टेकाे छ । काठमाडौँ आउँदै गरेको up75 AT5208 नम्बरको ग्यास बुलेट पल्टिदा आगलागी समेत भएको छ।

धादिङ प्रहरीको अनुसार आगलागीमा दुर्इ जनाको मृत्यु भएको छ । ग्यास बुलेटको ठक्करबाट पैदलयात्री गीता नेपाली र सुनिता नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । गीताको घटनास्थलमै र सुनिताको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिले राजमार्गसमेत अवरुद्ध भएको छ । घटनास्थलमा स्थानीय, सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् । घटनाको बाँकी विवरण आउन बाँकी छ।
