उत्तरी अफगानिस्तानमा तालिबानका एक प्रमुख कमाण्डर मारिए, १९ घाइते

रिपोर्ट नेपाल | 2018 Jun 26 | 08:49 am 3606

अफगानिस्तान, असार १२: अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको एक जिल्लामा तालिबान आतङ्ककारीले गरेको आक्रमणको जवाफी कारबाहीका क्रममा तालिबानका एक प्रमुख कमाण्डर नै मारिएका छन् ।

सो कारबाहीमा परी अन्य १२ जना आतङ्ककारी मारिएका छन् । सैनिक प्रवक्ता मोहमद हानीफ रेजाईले सोमबार सो जानकारी दिए ।

फर्याब प्रान्तको घोर्माच जिल्लामा आज सयौँको सङ्ख्यामा आएका तालिबान आतङ्ककारीको आक्रमणपछि सुरक्षा अधिकारीहरूले गरेको जवाफी कारबाहीमा तालिबानका प्रमुख कमाण्डर मुल्लाह वारिस र अन्य १२ जना तालिबान मारिएका हुन् ।

तालिबान आतङ्ककारी र सुरक्षा अधिकारीहरूबीच भएको दोहोरो झडपमा परी अन्य १९ भन्दा बढी आतङ्ककारी घाइते भएका छन् । एजेन्‍सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.