काठमाडौं, भदौ ३: इन्डोनेसियाको लोम्बक प्रान्तमा आइतबार बिहान ६.३ रेक्टरस्केलको भूकम्प गएको छ। करिब सात किलोमिटर गहिराइमा गएको उक्त भूकम्पमा कति जनाको हताहति भएको छ भन्ने कुनै तथ्याकं आइसकेको छैन।
लोम्बोक टापुको पूर्वि क्षेत्रमा गएको भूकम्पको धक्का महसुस हुनेबित्तिकै सबै मानिसहरु सडकमा निस्किएका थिए। यसअघि अगस्ट ५ गएको भूकम्पमा परी सयौंले ज्यान गुमाएका थिए।
दुर्इ सातामा भूकम्पले ४६० जनाले ज्यान गुमाइसकेका छन्। इन्डोनेसिया भूकम्पका लागि निकै जोखिम राष्ट्र मानिन्छ।