आयुष्मान-प्रियंकाले गरे इंगेजमेन्ट

रिपोर्ट नेपाल | 2018 Jul 15 | 09:40 am 2687

काठमाडौँ, असार ३१: आयुष्मान देशराजले लामो समयदेखि अफेयरमा रहेकी नायिका प्रियंका कार्कीसँग शनिबार इंगेजमेन्ट गरेका छन्।

चर्चित नायिका प्रियंका केही वर्षदेखि आयुष्मानसँग प्रेममा थिइन्। आफ्नो सम्बन्धबारे खुलेर बोल्न रुचाउने प्रियंका अधिकांश कार्यक्रममा आयुष्मानसँगै देखिन्छिन्।

शनिबार राजधानीमा उनीहरुबीच इंगेजमेन्ट भएको हो। आयुष्मानकी आमा रविना देशराजले आफ्नो इन्स्टाग्राममा केही तस्बिरहरु राख्दै इंगेजमेन्टको जानकारी सार्वजनिक गरेकी हुन्।

थुप्रै नेपाली फिल्ममा काम गरेकी प्रियंका युवा दर्शकमाझ निकै लोकप्रिय छिन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.