अव पर्वतारोहीका लागि प्याकिङ गरिएको तयारी खाना

| 2019 Mar 09 | 03:31 pm 1647

काठमाडौँ,  फागुन २५ : नेपालमा पर्यटन विकासमा थप सेवा सुविधा दिने लक्ष्य तथा उद्देश्यका साथ विभिन्न परिकारका प्याकिङ खाना उत्पादन गरिएको छ ।

लामो तथा छोटो दूरीको पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकलाई खानका लागि सहज होस भन्ने धारणाबाट तयारी प्याकिङ गरिएको खाद्य पदार्थ बजारमा ल्याइएको छ ।

उक्त खाद्य पदार्थ ‘एभरेष्ट ट्रेकर्स  फ्यूल’ नामक ब्राण्डमा नेपालमा पहिलोपटक बजारमा ल्याइएको हो । खाद्य पदार्थ अहिले तीन किसिमका मात्र रहेको छ । अवको एक वर्षभित्र दाल, भातसहित २० वटा खाद्यान्नलाई प्याकेटमा ल्याइने आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

यो खाद्य पदार्थ अमेरिकी प्रविधिमा तयार गरिएका छन् । ती सम्पूर्ण खाद्य पदार्थमा रहेको ९९ प्रतिशत पानीको मात्रा हटाई माइनस ४० डिग्री तापक्रममा प्याकेजिङ गरी तयार गरिएको छ ।

यो उत्पादन भएको १५ वर्षसम्म पनि खान सकिने पर्यटन व्यवसायी एवं खाद्य वस्तुका प्रवर्धक गणेश सिंखडाले बताए । सिंखडाका अनुसार यो खाद्यवस्तु पर्यटन क्षेत्रमा मात्र नभई सुरक्षाकर्मी, उद्धारकर्मी र अन्य सर्वसाधारणका लागि पनि सहजरुपमा लैजान र तयार गर्न सकिने भएकाले यस खालका खाद्य पदार्थको प्रवर्धन गर्न आवश्यक रहेकामा जानकारी दिए।

नेपाल पर्यटन बोर्डका सदस्य दिपक महतका अनुसार यो प्रविधिले खाद्य पदार्थमा रहेको पानीको मात्रा हटाइएकाले बोक्न सजिलो हुने हुँदा पर्वतारोहण तथा पदयात्राका लागि निकै सजिलो हुने दाबी गरे ।

यस्ता किसिमको खाद्यवस्तु अरुभन्दा १० गुणा बढी हल्का हुनुको साथै प्रोटिनयुक्त हुने, कुनै रसायन नराखिएको र स्वादयुक्त भएकाले उच्च पर्वतीय क्षेत्रका लागि उपयोगी हुने महतले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.