अवैध लागूऔषध गाँजा संकलन गर्ने आठ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Feb 18 | 03:15 pm 2397

सिन्धुली,  फागुन ६ : अवैध लागूऔषध गाँजा संकलन गर्दैगरेको अवस्थामा प्रहरीले हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वरबाट आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिकाका ४७ वर्षीय जगदेव माझी, ४६ वर्षीय मागर माझी, ४५ वर्षीय ढोडा माझी, ४० वर्षीया भगवती माझी, ३७ वर्षीया रोहनी माझी, ३५ वर्षीया लालमती माझी, ३६ वर्षीया टैती माझी र ३२ वर्षीया कुसुनी माझी रहेका छन् ।

क्यानेश्वरमा आएर गाँजा प्रशोधनका लागि केहि दिन अघिदेखि नै गाँजा संकलन गरिरहेको बुझिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

त्यस क्षेत्रमा लगाइएको अवैध गाँजा प्रहरीले केही समयअघि फडानी गरेका र त्यही गाँजा संकलन गर्न उनीहरुको टोली यहाँ आएको थापाको भनाइ रहेको छ । उनीहरुको साथबाट ३ सय ३८ बोट गाँजा पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाका विभिन्न स्थानमा लगाएको अवैध गाँजा फँडानी गर्न प्रहरीले मंसिर १ गतेदेखि अभियान चलाएकन थिए । अभियानका क्रममा १ सय २१ बिगाहाको गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.