अवैध लागूऔषधसहित तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 23 | 05:02 pm 2571

काठमाडौँ, चैत ९ : काठमाडौंका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीको टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा सवारी साधन चेकजाँच गर्ने क्रममा अवैधलागूऔषधसहित शनिबार एक जनालाई पक्राउ गरेको छ ।

महोत्तरीबाट काठमाडौँ आउँदै गरेको ना ५ख १२०९ नम्बरको यात्रुवाहक बसलाई जाँच गर्ने क्रममा बसमा सवार महोत्तरी गौशाला नगरपालिका–७ का अन्सु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । उनको साथबाट अवैध लागुऔषध नाइट्राभेट १ सय ६५ ट्याब्लेट बरामद गरिएको जानकारी दिए ।

यसैगरी महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर महादेवस्थानबाट झापा चन्द्रगढीका सुशान्त गुरागाई र सिन्धुलीमाडी घर भई जडीबुटी बस्ने १९ वर्षीय रोहित मैनालीलाई लागूऔषधसहित पक्राउ गरेको छ । उनीहरुको साथबाट अवैध लागूऔषध नाइट्राभेट ४ सय २ ट्याबलेट बरामद गरिएको प्रहरीले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.