हातपात गरेकाे आराेपमा शर्मिला वाइबा पक्राउ

| 2024 Feb 28 | 05:16 pm 717

काठमाडौँ १६ फागुन । कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि हातपात गरेकाे आराेपमा आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छिन्।

उनलाई सिन्धुपाल्चोक प्रहरीले बुधबार बाह्रबिसेबाट पक्राउ गरेको हो। वाइबा सिन्धुपाल्चोक पुगेको जानकारी पाएपछि काठमाडौं प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरेर उनलाई नियन्त्रणमा लिएको हो। ।

घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै पीडितले जाहेरी दिएका थिए ।

त्यसपछि उनको खोजी थालेको प्रहरीले सिन्धुपाल्चोकबाट पक्राउ गरेर काठमाडौं ल्याउँदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.