सुशील कोइरालाजस्तै सादगी बन्‍ने पाकिस्तानी प्रधानमन्त्री इमरान खानको घोषणा

रिपोर्ट नेपाल | 2018 Aug 22 | 08:42 am 2208

काठमाडौं, भदौ ५: पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानले सरकारी खर्च कटाउने र सादगीपूर्ण प्रधानमन्त्रित्व कायम गर्ने घोषणा गरेको पाकिस्तानी सञ्चारमाध्यमले लेखेका छन्।

द न्युज डट् कम डट् पीकेमा सोमवार छापिएको एक खबरमा खानले शपथ ग्रहणपछि विश्वका सादगीपूर्ण प्रधानमन्त्रीहरूको नाम लिने क्रममा नेपालका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पनि नाम लिएका थिए।

पूर्वप्रधानमन्त्री कोइरालाले प्रधानमन्त्रीका हैसियतले पाउने सुविधा नलिएको र त्यसका लागि उनको व्यापक प्रशंसा भएको भनी संवाददाता सबिर शाहले लेखेका छन्।

‘राजनीतिकर्मीहरूले धन कमाउने गरेकोमा सुशील कोइरालाको सम्पत्ति जम्मा तीनवटा मोबाइल फोन रहेको थियो,’ समाचारमा लेखिएको छ।

समाचारमा बीबीसीलाई उद्धृत गर्दै लेखिएको छ, ‘प्रधानमन्त्री निवास बालुवाटारमा सर्नुअघि सुशील कोइराला काठमाडौंमा भाडाको घरमा बस्नुहुन्थ्यो । उहाँ पहिले पनि काठमाडौं आउँदा होटेलमा बस्नुको साटो भाइको घरमा बसेको बताइन्छ।’

खानले विश्वका अन्य सादगीपूर्ण नेताको नाम लिने क्रममा उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुहिका र मलावीकी पहिलो महिला राष्ट्रपति जोएस बान्डाको पनि नाम लिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.