सुत्केरीको मृत्युपछि आक्रमणमा परेका चिकित्सककाे आइसियुमा उपचार हुँदै

| 2023 Nov 29 | 01:37 pm 625

रूपन्देही, मंसिर १३। बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) मा सुत्केरीको मृत्यु भएपछि डाक्टरमाथि कुटपिट भएको छ ।

बिरामीका आफन्तको आक्रमणबाट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा। राजेन्द्र बस्याल गम्भीर घाइते छन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

गुल्मीको सत्यवती गाउपालिका ठूलो लुम्पेक घर भई भैरहवामा बस्दै आएकी ३२ वर्षीया भवानी रास्कोटीको मंसिर ११ गते अपरेसन गरी बच्चा जन्मेको थियो । मंगलबार सुत्केरी महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले सुत्केरीको मृत्यु भएपछि उत्पन्न भएको तनावपछि मृतक परिवारका आफन्तले डाक्टरमाथि आक्रमण गरेर घाइते भएको जानकारी दिए ।

सुत्केरीको मृत्यु भएपछि उत्पन्न तनाव समाधानमा क्रममा बिरामीका आफन्तले डा। बस्यालमाथि आक्रमण गरी गम्भीर घाइते बनाएको अस्पताल प्रशासनले जनाएको छ । मृतकका आफन्तको आक्रमणले अस्पतालको प्रशासनिक भवनका झ्याल ढोकालगायतका फर्निचर तोडफोड भएका छन् ।

प्रहरीले घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.