शालिन पोखरेल मृत्यु प्रकरणको छानबिन गर्न कांग्रेसको माग

रिपोर्ट नेपाल | 2024 Mar 02 | 04:51 pm 489

काठमाडौँ १९ फागुन । नेपाली कांग्रेसले शनिबार एक विज्ञप्ति जारी गर्दै चितवनको एक होस्टलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको मृत्यु प्रकरणको छानबिन गर्न माग गरेको छ ।

भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिकाको आकस्मिक बिदाइ आफैंमा अत्यन्तै दुःखद् त भएको छ नै झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यसपछि आत्महत्या दुरुत्साहन या हत्याको आशंकाको स्थिति अत्यन्तै गम्भीर छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिवार विज्ञप्ति जारी गर्द स्कूलको होस्टलमा मृत्यु भएको घटना गम्भीर भएकाले निष्पक्ष ढंगले गहन अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन अनुरोध गरेका हुन् ।

होस्टलमा मृत भेटिएकी शालिनका बाबुले आफ्नो छोरीमाथि बलात्कार भएको र हत्या गरिएको बताउँदै आएका छन् । तर, प्रहरीले भने यो आत्महत्या भन्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.