सरोजराज बौद्धाचार्य
लटरम्म फलेको आँपको बोट भएछु ,
तिमीले झटारो हान्यौ,
उसले ढुङ्गाले हान्यो,
त्यसले त बोटमै चढेर बेस्सरी हल्लायो,
बदलामा,
सबैलाई गुलियो आँप दिए ,
तर सबले मेरा कुरा काट्दै गए
म अप्ठ्यारो ठाउँमा छु रे ,
बढी गुलियो छु रे ,
कसैलाई अमिलो छु रे
गर्मीमा शितल समीरले हम्काउदा पनि ,
थाकेकालाई सुस्ताउन आश्रय दिएपनि
हागाबिङ्गा टुटाएर दाउरा दिएपनी,
कोइलीलाई शिरमाराखी सङ्गीतदिएपनि
तिमी कृतघ्न हुन छोडेनौ,
लगातार ममाथि बर्सिरह्यौ,
कौवा बनेर बिस्ट्याइ रह्यौ
कुकुर बनेर तुर्क्याइ रह्यौ,
अरु रुखले झटारोको हतियार दिएर,
यताउता सबैतिरबाट
ममाथि प्रहार भइ रहेछ,
मभन्दाठुला रुखपिपलले पनि जरखनेर
मानिसले ढुङ्गा अनि,
दबदबे,चिलाउनेले झटारो बनेर ,
कमिलो र अरिङ्गालले खोक्रो पारेर
ढुङ्गामुढा बारम्बार बर्सिरहेछन्,
जसको सट्टामा ,
आम्चौर,अमिलो अचार ,गुलियो आँप ,
दिइरहेछु सदा ,
तर विडम्बना ,
ममाथि बर्सिरहेछन् यो वा त्यो नाममा ,
प्रिय गिदरी, दबदबे भाइ
मेरो प्रगतिसमृद्धिमा ईर्ष्या गरेर हुन्छ र?
पिपलज्यू जराखनेरकिन खोइरोकाढेको
तैपनि
कुकुर भुकिरहन्छ ,हात्ती लम्किरहन्छ ,
काग कराइरहन्छ पिना सुकिरहन्छ,
किनार स्थिर नदि अविरल जसरी ,
आउ तिमीलाई स्वागत छ ,
मेरो काम हो दिनु,
स्वादिलो आँप र निर्मल पवन,
जबतक जिवन्त रहेसम्म ,
दिइरहन्छु,दिइरहन पाँउ,
मलाई पिट,काट हान
क्षतविक्षत बनाउ,
ईर्ष्या डाहले मर ,
केही पर्वाह छैन
सत्य निष्ठाका साथ डटिरहन्छु,