देशमा आर्थिक संकट गहिरियो : अध्यक्ष ओली

| 2023 Dec 06 | 12:27 pm 1429

रुकुम पश्चिम, मंसिर २० — पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले देशमा आर्थिक संकट गहिरिँदै गएको बताएका छन् । वर्तमान सरकारले देशको अर्थतन्त्रलाई जोगाउन असफल भएको आरोप समेत उनले लगाएका हुन् । झुलाघाट, बैतडीदेखि चिवाभञ्याङ पाँचथर यात्राका क्रममा आज रूकुम पूर्वको जिल्ला सदरमुकाम रूकुमकोटमा आयोजित सभामा बोल्दै उनले अहिले कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको भन्दै दु:ख व्यक्त गरे। ‘यही गतिमा जाने हो भने त देश ध्वस्त हुने भयो,’ उनले भने ‘यस्तै अवस्था रहने हो भने यो सरकारलाई विस्थापित गर्नुपर्ने हुनसक्छ ।’

एमालेले स्थानीय माग र आवश्यकताहरूको पहिचान गरेर समाधनका उपायहरू खोज्न पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रा तय गरेको पनि ओलीको भनाइ थियो । यात्राका क्रममा अध्यक्ष ओलीको टिम हिजो राति रूकुमकोटमै बास बसेर सर्वपक्षीय छलफल तथा कोणसभाको आयोजना गरिएको थियो ।

( कान्तिपुरबाट )

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.