घुस लिएको अभियोगमा एक प्रहरी पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 23 | 03:54 pm 1734

धनुषा, कात्तिक ६ :  सशस्त्र प्रहरी बल धनुषाका प्रहरी सहायक हवल्दार चन्देश्वर गिरीलाई ११ हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मंगलबार पक्राउ गरेको छ ।

नेपाल भारत सीमा क्षेत्रबाट सामान ल्याउन सहज गरिदिने बहानामा सेवाग्राहीसँग घुस मागेको आरोप गिरीमाथि लागेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार जनकपुर उपमहानगरपालिका–४ कदमचोकबाट उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.