गायक अमर दिप विसी र गायिका निशा भुलको स्वरमा लै बरिलै‘ सार्वजनिक

| 2024 Mar 10 | 12:40 pm 781

काठमाण्डौ २७ फागुन / गायक अमर दिप विसी र गायिका निशा भुलको स्वरमा ‘लै बरिलै‘ रिलिज गरिएको छ । सार्वजनिक गीतमा अमर दिप विसीको शब्द तथा संगीत रहेको छ । सार्वजनिक गीतको एरेन्ज मदन केसीले गरेका हुन्।

मुकेश नेपालीको कोरियोग्राफी तथा राजु अर्यालको निर्देशन रहेको सार्वजनिक गीतले प्रेम र रोमान्सका रमाइला किस्साहरुलाई नजिकबाट केलाएको छ । भिडियोमा सुन्दरी मोडल स्मारिका ढकाल र प्रशान्त मैनालीको रोमान्स गरेका छन् ।

आफुले मन पराएकी मायालुलाई लुकी लुकी चिहाउने प्रेमीको कथालाई निर्देशक अर्यालले कलात्मक शैलीमा भिडियोमा वर्णन गरेका छन् ।आफनी मायालुलाई मायामा शंका नगर्न गीतमा आग्रह गरिएको छ ।

गीत रिलिज भएसँगै सकारात्मक प्रतिक्रिया आइरह्ेको गायक अमरदिप विसीले बताएका छन । गीतको सम्पादन नविन घर्ति मगरले गरेका छन ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://www.youtube.com/embed/_M6r2XYy7jg?si=CjfCvn049mmi5MW2″ title=”YouTube video player”

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.