कान्तिपुर पब्लिकेशनका अध्यक्ष पक्राउ

रिपोर्ट नेपाल | 2024 May 21 | 05:59 pm 705

काठमाडौँ ८ जेठ / कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो ।

सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेका थिए ।

उनले दोहोरो नागरिकता बनाएको आरोप छ । यसअघि जिल्ला अदालत, धनुषाबाट जारी भएको पक्राउ पूर्जीविरुद्ध सिरोहिया सर्वोच्च अदालत पुगेका थिए । उनले आफूलाई पक्राउ अनुमति दिने जिल्ला अदालत धनुषाको अनुमति खारेज हुनुपर्ने माग राख्दै निवेदन दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.