टर्की, असोज २७ : पत्रकार जमाल खशोगी बेपत्ता भएका घटनाका बारेमा छानबिन गर्न एउटा साउदी टोली इस्तानबुल पुगेको छ भने ति पत्रकार साउदी वाणिज्यदूतावासमा मारिएका पुष्टि गर्ने दृश्य प्रमाण टर्कीसंग रहेको भन्ने विवरणहरु सार्वजनिक भएका छन्।
अंकाराले उक्त घटनाका सम्बन्धमा एउटा संयुक्त छानविन टोली गठन गर्ने बारेको साउदी प्रस्ताव आफूले स्वीकार गरेको जनाएको छ।
तर अमेरिकी विवरणहरूका अनुसार टर्कीका अधिकारीहरू आफूसंग रहेको अडिओ र भिडिओ रेकर्डिंगले जमाल खशोगीलाई एउटा साउदी सुरक्षा टोलीले वाणिज्यदूतावास भित्र मारिदिएका भन्ने प्रमाणित गर्नेमा विश्वस्त छन्।
पत्रकार जमाल खशोगीलाई इस्तानबुलस्थित साउदी वाणिज्यदूतावासमा यातना दिइएको र पछि मारिएको भन्ने प्रमाणित गर्ने अडिओ र भिडिओ प्रमाण टर्कीका अधिकारीहरुसंग रहेको बीबीसीलाई बताइएको छ।
बीबीसीका इस्तानबुल सम्बाददाता मार्क लोवेन आफ्नो रिपोर्टमा भन्छन्, खशोगी बेपत्ता भएका भनिएको घटनाको छानविनसंग निकट समाचार स्रोतले बताए अनुसार टर्कीले औपचारिक रुपमा त ति साउदी पत्रकार बेपत्ता भएका नै भन्ने छ तर अंकारालाई ति पत्रकार मारिएका भन्ने स्पष्ट रुपमा नै ज्ञात छ।
ति समाचार स्रोतका अनुसार टर्कीको गुप्तचर निकायसंग ति पत्रकारको हत्या भएको घटनाको अभिलेखिकृत प्रमाण नै रहेको छ। साउदी सरकारको एकजना कडा आलोचक जमाल खशोगी, गत अक्टोबर २ तारिखमा साउदी वाणिज्यदूतावासमा प्रवेश गरेयता बेपत्ता छन्।