अमेरिकामा माइकल आँधिको आतंक, अकल्पनीय क्षतिको चेतावनी

| 2018 Oct 11 | 09:42 am 3641

बीबीसी

अमेरिका, असोज १४ : अमेरिकाको फ्लोरिडा राज्यको तटमा माइकल आँधी आतंक मच्चाएको छ। राष्ट्रिय आँधी केन्द्रका अनुसार बुधबार दिउँसोको आँधीले फ्लोरिडाको मेक्सीको बीचमा पहिलो कदम राखेका थियो।

फ्लोरिडाका गभर्नर रिक स्कटले यसलाई अकल्पनीय विनाशको चेतावनी भएको बताएका छन्। उनले यसलाई सय वर्षमा सबैभन्दा खतरनाक आँधी बताएका छन् ।

मध्य अमेरिकामा गत हप्ताको अन्त्यमा आँधी, वर्षा र बाढीका कारण १३ जनाको मृत्यु भएको खबर छ। अहिलेको माइकल आँधी दुई सय ५० किलोमिटर प्रतिघण्टाको गतीमा बढिरहेको छ । ठाउँठाउँमा तीव्र आँधीले सामुद्रिक छाललाई उचालिदिँदा अझै बाढीको खतरा बढेको छ।

फ्लोरिडामा हज्जारौं नागरिकलाई आफू बस्ने स्थान खाली गर्न निर्देशन दिइएको छ तर धेरैजना निस्कन सकेका छैनन्। राष्ट्रपति डोनल्ड ट्रम्पले मानिसहरुलाई निकाल्न सजिलो नभएको बताएका छन् ।

ट्रम्पले भने, ‘यीमध्ये केहीका लागि आफ्नो स्थान छोड्नु त्यति सजिलो छैन। केही क्षेत्र निकै गरिब छ । कुनै आवश्यक धनबिना आफ्नो स्थान छोड्नु सजिलो छैन । हामीले उनीहरुका लागि बस पठाएका छौं । उनीहरुलाई उक्त क्षेत्रबाट निकाल्नका लागि हामीले हरसम्भव प्रयास गरिरहेका छौं ।’

माइकल आँधी अमेरिकाको पूर्वी तटमा तीब्र रुपमा बढ्नेछ र उक्त इलाकामा अत्यधिक वर्षा हुनेछ। यो त्यही इलाका हो जुन पछिल्लो महिना आएको फ्लोरेन्स आँधीको क्षतीबाट माथि उठ्न सकेको छैन ।

राष्ट्रिय आँधी केन्द्रले तटीय इलाकाका बासिन्दालाई खतरनाक हावा तीब्र रुपमा बढ्ने भएकाले शान्त वातावरण देखेर बाहिर ननिस्कन नयाँ चेतावनी जारी गरेको छ ।

फ्लोरिडामा तीन लाख ७० हजार बढी बासिन्दालाई इलाका खाली गर्न र अग्लो स्थानमा जान आदेश दिएको छ तर अधिकारीले निकै कम मानिसले मात्र इलाका छोडेको अनुमान गरेका छन् । गभर्नर रिक स्कटले अब त्यहाँबाट निस्कने समय समाप्त भइसकेको चेतावनी दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.