प्रहरीमाथि गोली प्रहार, १ को मृत्यु, ६ घाइते

रिपोर्ट नेपाल | 2018 Oct 04 | 11:28 am 3634

काठमाडौं, असोज १८ : बन्धक बालबालिका छुटाउन गएको प्रहरी अधिकारीमाथि अमेरिकामा अन्धाधुन्ध गोली प्रहार भएको छ। गोली लागी घाइते ७ प्रहरी अधिकारीमध्ये १ जनाको मृत्यु भएको छ।

अमेरिकाको दक्षिण क्यारोलिनामा बन्दुकधारीले बन्धक बनाएका बालबालिका छुटाउन पुगेका प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार हो । बन्धक बनाइएका बालबालिका भने सकुशल उद्धार गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण क्लालिफोर्नियाका गभर्नर हेनरी क्याकमास्टरलाई उद्धृत गर्दै प्रहरीमाथि बन्धुकधारीले गोली प्रहार गरेको पुष्टि गरेका छन् । घाइतेको अहिले उपचार भइरहेको छ । तीमध्ये १ को अवस्था गम्भीर रहेको बताइएको छ ।

बालिका बन्धक बनाउनेको पहिचानसँगै त्यसो गर्नुको कारण अहिलेसम्म नखुलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । नियन्त्रणमा लिइएका बन्दुकधारीमाथि अहिले अनुसन्धान भइरहेको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.