माल्दिभ्समा भारत समर्थित सोलिहको अनपेक्षित जित

रिपोर्ट नेपाल | 2018 Sep 24 | 07:34 pm 1833

एजेन्सी, असोज ८ :  टापु नै टापुको देश माल्दिभ्समा भएको राष्ट्रपतीय निर्वाचनमा अनपेक्षित रुपमा प्रतिपक्षी नेता इब्राहिम मोहमद सोलिह विजयी बनेका छन् । औपचारिक घोषणा भने भएको छैन ।

निर्वाचनमा अनपेक्षित परिणाम आएपछि सोलिहको पक्षमा सडकमा उर्लिएका समर्थकले राष्ट्रपति अब्दुल्लाह यामीनसँग सत्ता हस्तान्तरणको माग गरेका छन् ।

राष्ट्रपति यामीनले भने एक साताभित्र हस्तान्तरण गर्ने बताएका छन् । तर निर्वाचन परिणामपछि शनिबार राष्ट्रपति कार्यालयबाट पूर्व जानकारीबिना प्रहरी टोली विपक्षी पार्टीको कार्यालयमा छापा मार्न पुगेको थियो ।

पछिल्लो समय राष्ट्रपति यामीनका योजनामा चीनले सघाउँदै आएको थियो । तर निर्वाचनमा भने अर्को क्षेत्रीय शक्तिाराष्ट्र भारतको समर्थन पाएका सोलेले अनपेक्षित रुपमा जितेका हुन् ।

एक गैरप्रजातान्त्रिक मुलुकको रुपमा चिनिएको यहाँ अन्तर्राष्ट्रिय समुदायले निर्वाचनका लागि पर्यवेक्षक पठाएका थिएनन् । युरोपियन युनियर र संयुक्त राष्ट्रसंघले समेत आफ्ना पर्यवेक्षक पठाएका थिएनन् ।

पर्यवेक्षणमा अनुपस्थित भए पनि अन्तर्राष्ट्रिय समुदायबाट सोलिहलाई जितपछिको बधाई आउन थालेको छ । अर्कातिर केहीले शान्तिपूर्ण रुपमा चुनाव गराएकोमा राष्ट्रपति यामीनलाई धन्यवाद पनि दिइरहेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.