चिनियाँ सैनिक संगठनविरुद्ध प्रतिबन्धबारे औपचारिक सोधपुछ

रिपोर्ट नेपाल | 2018 Sep 23 | 08:56 am 2201

चीन, असोज ६: चीनका लागि अमेरिकी राजदूतलाई बोलाई चीनको सैनिक सङ्गठनमाथि अमेरिकाले लगाएको प्रतिबन्धबारे सोधपुछ गरेको छ।

रसियासँग लडाकू जेट तथा हतियार किनेको भनी आफ्नो सैनिक संगठनविरुद्ध प्रतिबन्धको घोषणा गरेपछि यसबारे औपचारिक छलफलका लागि चीनका लागि अमेरिकी राजदूतलाई बोलाई आपत्ति जनाएको चिनियाँ राज्य सञ्चालित समाचार संस्थाले जनाएको छ ।

चीनका उप–विदेशमन्त्री झेङ झेगुवाङले अमेरिकी राजदूत टेरी ब्रान्टाडलाई बोलाई सैनिक संगठनविरुद्ध प्रतिबन्धबारे शान्त एवम् औपचारिकरूपमा चीनका कुरा अमेरिकी प्रतिनिधिसँग राखेको ‘पिपुल्स डेली’को अनलाइन प्रकाशनमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.