चीनकी महँगी अभिनेत्री बेपत्ता

| 2018 Sep 14 | 07:52 am 1967

काठमाडौं, भदौ २९:  हलिउडको एक्सन सिरिज ‘एक्स म्यान’ की अभिनेत्री फान बिङ बिङ पछिल्लो दुई महिनादेखि बेपत्ता छिन् । चिनियाँ मिडियामा यो समाचार चर्चाको विषय बनिरहेको छ ।

अभिनेत्री फानले आफ्नो सोसल अकाउन्टमा अन्तिमपटक जुलाई २०१८ मा स्टाटस पोस्ट गरेकी थिइन् । फान बिङ बिङ चीनकी सबैभन्दा महँगी अभिनेत्री हुन् । चिनियाँ मिडियाका अनुसार अभिनेत्रीले केही नयाँ व्यापार गर्नका लागि बैंकबाट ऋण लिएकी थिइन् ।

समयमा ऋण चुक्ता गर्न नसकेका कारण उनी गिरफ्तारमा परेको हुन सक्ने आशंका पनि गरिएको छ । फान बिङ बिङले ‘एक्स म्यान’ बाहेक केही ठूला फिल्ममा पनि काम गरेकी छिन् ।

सबै फिल्मबाट उनले दर्शकको राम्रो प्रशंसा पाएकी थिइन् । उनी सन् २०१७ मा सबैभन्दा बढी हेरिने स्टारमा पहिलो नम्बरमा परेकी थिइन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.